बिनोद खड़का ,रामेछाप । निर्वाचन नजिकिदै छ जनताहरू भोट हाल्न हौसी रहेका छन् तर अजै पनि जनताहरू फराकिलो दिमागले सोच्न सकि रहेका छैनन् र स्वयंम राजनीति दलहरूले पनि स्पष्ट सँग बुझाउन सकि रहेका छैनन् ।
बिशेष त राजनीति दलहरूले पनि ठेक्का पट्टा गर्ने अथवा ठुला ब्यबसायी हरूलाई नै नेर्तृत्व मा स्थापित गर्न खोजी रहेका छन् र पछिल्लो पटक यो ह्वात्तै बढेको देखिन्छ ।बिशेष त ब्यबसायी पुष्ठ भुमिका ब्यक्ति भन्दा पनि ठेगदार पुष्ठभुमीका ब्यक्ति हरू राजनीतिमा आउनु उसैले अबसर पाउनु अत्यन्तै दुखदायी कुरा हो। त्यसमा पनि पैसाको खोलो बगाउन तयार हुनु र पैसाकै बलमा ब्यक्तिको पछाडि लाग्नु आम भोटर हरूको दुर्भाग्य र दुरदशानै हो । त्यसैले हामीले आज नेतालाई र नेर्तृत्वलाई मात्र गालि गरेर यस्ता प्रविधि रोकिने वाला छैनन् ।
यो समय तपाईंको कोटमा बल छ बोलिमा बल छ तपाईंको हातमा बल छ अज तपाईं हामीले गर्ने गोप्य मतदानमा बल छ ।त्यसैले हामीले साच्चै परिवर्तन चाहान्छौ साच्चै आफ्नो ठाउँको समृद्धि चहान्छौ साच्चै कुशल नेर्तृत्व चाहान्छौ भने अजैपनि समय छ निर्णय तपाईं हाम्रो हातमा छ । तपाईंको घर वरिपरि बाटो खन्दिन्छु तपाईंको घरमा पानी दिन्छु तपाईंको टोललाई एम्बुलेन्स दिन्छु तपाईंको स्कुललाई हाई स्कुल बनाईदिन्छु मलाई एक भोट दिनुस् म एक हजार दिन्छु मलाई भोट हाल्न हिड्नुस् मासुभात फ्रि दिन्छु गाडि फ्रि दिन्छु मलाई भोट दिनुस् यस्ता थोत्रा आश्वासन हरू दिन्छन् भन्य यस्ता ब्यक्ति बाट न तपाईं हाम्रो ठाउँ बन्छ न यस्ता ब्यक्ति सँगै कुनै ठोस कार्यनीति नै हुन्छ न देशले खोजेको ब्यक्ति तपाईं हाम्रो ठाउँ बाट चुनिन्छ ।त्यसैले तपाईं हाम्रो कोटमा बल भएको बेला हाम्रो बल प्रयोग गरू हामीले राम्रो असल भलाद्मी स्वाभिमानी समृद्ध मानी र एउटा ठोस कार्ययोजना बनाउन सक्ने र सही नेर्तृत्व बोकेको पाटीकै मान्छे रोजेउँ भने पक्कै तपाई हाम्रो मतले सार्थकता पाउछ । नत्र भने फेरि पुरानै रोगले तर्सित बनाउने छ पुरानै सैलिले जिविका चलाउनु पर्ने छ चुनाव बेला १० करोड बोकेर जिल्ला छिर्ने ब्यक्ति हरूकै हलिमुहाली हुने छ एउटा एम्बुलेन्स ब्यबस्थापन गर्न नसक्ने प्रयोगमा लियाउन नसक्ने अरू एम्बुलेन्स हरू जताततै दिन्छु भन्दै मतदाता लोभ्याउने हरूकै राज चल्ने छ ।त्यसैले तपाईंको मत अमुल्य छ यतिमात्र हैन तपाईं हाम्रो कोटमा बल छ त्यो बललाई राम्रोसँग सदुपयोग गरू कसले कति कमायो र कहाँ बाट कमायो कसरी कमायो र कसरी लियायो यो सबै लेखाजोखा गर्न सक्ने नेर्तृत्व रोजु ।
ताकि १० लाखमा २ लाखको काम गरेर ८ लाख कमिसन खाने र त्यहीँ कमिसनको पैसा देखाउदै तपाईं हाम्रो बिचमा आउने ब्यक्ति हरूलाई हामीले रोक्न सकिएन भने त्यस्ता ब्यक्तिले दिएको रकमले बर्षको १० दिनत मज्जाले खान पाउनु होला तर ३५५ दिन जिविका चलाउन कठिन हुने छ ।
त्यसैले कस्तो ब्यक्ति लाई रोज्ने भन्दा पनि कस्तो नेर्तृत्वलाई कस्तो सिद्धान्त लाई स्थापित गराउने बल तपाई हाम्रो बिचमा छ सोचु अलि गहिरेर सोचु अनिमात्र आफ्नो अमुल्य मतदान गरू।
