सोमबार, बैशाख २१, २०८३

वाम गठबन्धनको पक्षमा मतदान गर्न जापानवाट आब्हान

टोकियो,३० कात्तिक । जापानमा क्रियाशिल प्रवासी नेपाली मञ्च र नेपाली जन प्रगतीशील मञ्च जापानले वामगठबन्धनको पक्षमा मतदान गर्न जापानवाट आब्हान गरेको छ ।

जापानवाट वुधवार प्रकाशित एक विज्ञप्तिमा ठुला दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा चुनावी तालमेलदेखि पार्टी एकतासम्म जाने कुराले प्रवासमा रहेका नेपालीहरुमा उत्साहित भएकोसमेत विज्ञप्तिमा जनाएको छन ।

दुई पार्टीमा आबद्ध प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च जापान र नेपाली जन प्रगतीशील मञ्च जापानले संयुक्त विज्ञप्ति जारी गरी मातृ पार्टीहरुले गरेको चुनावी तालमेल, पार्टी एकता र दीर्घकालीन रुपमा मुलुकमा स्थिर सरकार,विकाश र सम्मृद्धिको कुराले प्रवासमा रहेका प्रवासीहरूलाई अत्यन्त उत्साहित बनाएको बताउँदै यो निर्णयले प्रवासी नेपाली मञ्च जापान र नेपाली जन प्रगतिशील मञ्च जापान उक्त निर्णयको स्वागत गर्दै आगामी दिनहरूमा कार्यगत एकता गर्दै अगाडी बड्ने प्रतिबद्वता ब्यक्त गरिएको छ ।

नेपाली जन प्रगतीशील मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा र प्रवासी नेपाली मञ्च जापान कार्यवाहक अध्यक्ष बाबुराम भण्डारीले संयुक्त विज्ञप्ति जारी गरी नेपालमा हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा बाम गठबन्धनको विजयको लागी प्रवासी नेपाली मञ्च जापान र नेपाली जनप्रगतीशिल मञ्च जापान आ–आफ्नो ठाँउबाट लाग्ने खट्ने र आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘परिस्थितिका कारण परदेशको भूमिमा रहेका नेपालीहरुलाई आफ्नै मातृभूमी नेपालमा फर्काई विदेशमा हासिल गरेको ज्ञान, सीप र पूँजिलाई समृद्ध नेपाल बनाउने अभियानमा सरीक बनाउन, औद्योगिक विकाश र रोजगारीको निर्माण गर्न आवश्यक छ । यो जिम्वेवारी पूरा गर्नमा वामगठबन्धन पूर्ण रूपमा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौ ।

प्रवासी नेपाली मञ्च जापान र नेपाली जनप्रगतिशील मञ्च जापान यो महानअभियानमा सम्पुर्ण हिसाबले सरिक भएको जानकारी गराउदै सम्पुर्ण आम नेपाली दाजुभाइ दिदीबहिनीहरू र प्रवासी नेपालीहरूलाई समृद्व राष्ट्र निर्माणको महान अभियान पुरा गर्नका लागी वाम गठबन्धनको पक्षमा मतदान गर्न हार्दिक आब्हान र अपिल गर्दछौ भनेर उक्त विज्ञप्तिमा जनाएको छ ।
bgyapti