शनिबार, बैशाख ०८, २०८१

एमाले र माओवादी केन्द्रले प्रदेश २ मा सिट बाँडफाँट

काठमाडौं,१४ कात्तिक । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेकपा(एमाले ) र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको छ ।
प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् ।

वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।

प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय भइनसकेको नेता यादवले बताए ।

साथै पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल जारी छ । शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । तर, स्थानीय स्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको एक नेताले बताए ।

वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ ,महोत्तरी-२, सप्तरी-४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्रलाई छोड़ेको छ ।