सोमबार, बैशाख २१, २०८३

दुबै मृगौला फेल भई उपचार्थ गुरुङ्लाई जापानबाट आर्थिक सहयोग

जापान,१४ कार्तिक । हालसालै सामाजिक सन्जालमा दुबै मृगौला फेल भई उपचार्थ अरुण गुरुङलाई जापानबाट आर्थिक सहयोग पठाएको छ ।
बन्दिपुर गाँउपालिकाको झार गाँउ वडा ५ मा बिहे गरेको एक वर्ष नपुग्दै दुबै मृगौला फेल,पैसाको अभावमा मृत्यु संग जुध्दै औषधिसम्म किन्ने पैसा छैन-आर्थिक सहयोगको अपिल गर्दै बनाएको अरुण गुरुङको जुन भिडियोले कतिपयको आँखा रसाएका थिए। भिडियो हेरेपछि देशबिदेशबाट सहयोगि मनहरुको ओहिरो लागेको थियो। यसै गरेर जापानबाट पनि दु:खेको घाँउलाई केहि हदमा भए पनि सहयोग मिल्छ भन्ने भावनाले सहयोगि मनहरुले सहयोग गरेका छन्।बिदेशि भुमिमा रहेर आफै कठिनाई विद्यार्थी जीवन बिताईरहे पनि जति सक्ने सहयोग गरौ भन्ने भावनाले सहयोग गरेका छन्। जापानको टोकियोको विद्यार्थीहरु रेनु लामा ५००० येन ,पुष्पा लिम्बु २००० येन ,अन्तिमा गुरुङ ५००० येन, विश्व लामा २००० येन ,टासि लामा २००० येन ,स्मृति मोक्तान ५००० येनसहित जापानकै नागोया शहरबाट जम्मा गरि ५१ हजार जापानिज येन ज्योति गुरुङको नामबाट पत्रकार रामकृष्ण कडेलमार्फ़त परिवारको नाममा आइएमइ गरेको स्मृति मोक्तानले जानकारी दिइन ।