सोमबार, बैशाख २१, २०८३

गोरखाको विकास माओवादीले गरेको नारायणकाजीको दावि

काठमाडौं,११ कार्तिक । माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशले चुनावपछि वामपन्थी सरकार बन्ने दाबी गरेका छन् ।

गोरखा काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्छ । कसैले पनि छेक्न सक्दैन ।
गोरखाको विकास डा बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको उनले दाबी गरे । श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा उहाँले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।
बरु गोरखामा हुनु पर्ने जति विकास नभएको भन्ने गुनासो रहेको भन्दै उनले गोरखाको विकासका लागि माओवादी चाहिने दाबी गरे । उनले भने, ‘सरकार बनाउनु पर्ला नि त विकास गर्न रु कि हल्लिएर विकास हुन्छ ।
उनले चुनाव जितिन्छ भनेर ढुक्कसँग नबस्न आग्रह गर्दै उनले सम्पूर्ण एकता, योजनावद्ध तयारी, सक्रियता भए वाम गठबन्धनको जित हुने बताए ।