Nepali date


सोमवार, मंसिर ३०, २०७६

बाख्राको मासु बेच्ने पक्राउ

विराटनगर, ११ कात्तिक (रासस) ः खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया