सोमबार, बैशाख २१, २०८३

चुनाव तोकिएकै मितिमा हुनेमा शंका नगर्न आयोगको आग्रह

काठमाडौं,१० कात्तिक । सर्वोच्च अदालतको आदेश आएपछि उत्पन्न आशंका माथि शंका नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्नसमेत निर्वाचन आयोगले आग्रह गरेको हो ।

आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न आयोगले आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न आयोग कट्टीबद्ध रहेको भन्दै चुनाव तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले मतपत्र छपाई लगायत कारणले देखिएको विवादका कारण चुनाव सर्ने शंका नगर्न आग्ह गरे ।

निर्वाचनको समयमा राजनीतिक दलहरुले राज्यका संयन्त्र र निकाय तथा तिनका अधिकारीलाई आफू अनुकुल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई आयोगले समेत बनाएको छ ।