Nepali date


शुक्रबार, भदौ ६, २०७६

कांग्रेस बाजुराका पूर्वसभापति रावलले वामपन्थीलाई समर्थन जनाउँदै

बाजुरा,९ कार्तिक । नेपाली कांग्रेस बाजुराका पूर्वसभापति तथा गत संविधानसभामा प्रत्यक्ष उम्मेदवार बनेका नेता मानबहादुर रावलले आसन्न निर्वाचनमा वामपन्थी गठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरेका छन् ।

बुधवार विज्ञप्ति जारी गरी कांग्रेस नेता रावलले आफूमाथि कांग्रेस नेतृत्वले अन्याय गरेकाले विद्रोह गर्नुपरेको बताए । ‘आफैं अन्यायमा परी अरुलाई न्याय दिन सकिँदैन भन्ने याथर्थलाई आत्मसाथ गरी यो निर्णय लिएको छु’ रावलले भनेका छन् ।

उनले आफू कांग्रेसबाट अलग भए पनि राजनीतिबाट अलग नरहने भन्दै आसन्न निर्वाचनमा बाजुरा जिल्लामा वाम गठबन्धनलाई सघाई राजनीतिक रुपमा अघि बढ्ने निर्णय गरेको बताएका छन् । उनले आफ्ना समर्थक र शुभेच्छुकलाई वामपन्थी गठबन्धनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् । रावल ०४७ सालदेखि लगातार कांग्रेसको जिल्ला सभापति रहँदै आएका थिए । उनी गत संविधानसभा निर्वाचनमा एमालेका कर्णबहादुर थापासँग पराजित भएका थिए ।

यसपटक उनी उम्मेदवारका प्रमुख दाबेदार थिए । तर उनले टिकट नपाएपछि असन्तुष्ट थिए । बाजुरामा प्रतिनिसिधा र प्रदेशसभा सबै सिटमा वामपन्थी गठबन्धनबाट एमालेका उम्मेदवार छन् । रावल चुनावपछि एमाले प्रवेश गर्ने स्रोतले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया