सोमबार, बैशाख २१, २०८३

पेट्रोल पम्पमा छापा

सिमरा बारा, ८ कात्तिक

जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताउनुभयो ।