सोमबार, बैशाख २१, २०८३

आगामी चुनावमा संघीय फोरम र राजपा चुनावी तालमेल गर्दै

काठमाडौं,६ कात्तिक । संघीय समाजवादी फोरम र राजपाले आज चुनावी तालमेल टुंगो लगाउने तयारी गरेका छन् । राजपासँग आज तालमेललाई टुंगो लगाएर कांग्रेससँग छलफल चलाउने नेता राम नरेश रायले बताए ।

उनले भने, राजपासँग आज टुंगो लाग्छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलमा हिजो पनि छलफल भएको थियो, आज बिहान पनि शीर्ष नेताहरुसहित सिट बाँडफाट लगायत विषयमा छलफल चलिरहेको छ ।

उनले फोरमसँग तालमेल टुंगो लागेपछि नेपाली कांग्रेससँग तालमेलका लागि छलफल चलाउने बताए । फोरम र राजपाबीच एलाइन्स आज क्लियर हुनेछ । त्यसपछि कांग्रेस नेतृत्वको डेमोक्रेटिक एलाइन्ससँग वार्तामा बस्छौं ।

राजपा र फोरमले कांग्रेससँग ५५ सिट प्रतिनिधिसभामा माग गरेको रायले जानकारी दिए । उनले भने, ‘यो हाम्रो प्रस्तावमात्र हो । त्यसमा छलफल हुन्छ र एउटा टुंगोमा पुग्छौं ।

तालमेल गर्नुअघि सांगठनिक आधार, प्रदेश २ को निर्वाचन परिणाम, उम्मेदवारको व्यक्तित्व र निर्वाचन क्षेत्रमा उठ्ने पार्टीको प्रभावलगायतको आधार हेरिने र त्यसपछि सिटको बाँडफाँट हुने उनको भनाइ छ ।