सोमबार, बैशाख २१, २०८३

राजधानी काठमाडौंमा गोली चल्यो, एकजना घाइते

काठमाडौं ,५ कात्तिक । राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् ।

काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो । घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको धानुकले अनलाइनखबरलाई बताए ।

म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।