सोमबार, बैशाख २१, २०८३

बद्ल्ने कि आफैलाई …….. !

जगदिस थापा,

समाज बद्ल्ने राष्ट्र बद्ल्ने आफ्नो परिवार बद्ल्ने नेता, निति, सबै बद्ल्ने भारी बोकेर हिड्दा हिड्दा थाकियो तर आफ्नो सोच बदल्न् सकियन, हिजो एउटा कुनै नेतालाई हिरो बनाइयो बिचरा उ ठाउँमा पुग्यो हामीले हाम्रा सबै समस्याको समाधान गर्छं भन्ने सोचेर उस्लाइ भगवान् बनायौ उस्ले सकेको गर्‍यो, प्रयास गर्‍यो हामीले सोचेकै गर्‍यो तर पनि काम गर्दा कुनै सानो गल्ती गर्‍यो होला किनकी त्यो भगवान् होइन तर हाम्रो हिजोको हिरो (भगवान् ) लाई हामी आफैले आज दैत्य देख्न थाल्यौ,आलोचना मात्रै गरेनौ उस्लाइ आकाश बाट धर्तिमा पछारि अर्कै कुनै हिरो खोज्न थाल्यौ हामिलाइ फेरी अस्थाइ हिरो आवासेक परेको छ् किनकी भोली उस्लाइ पनि हामी पछार्छौ !

यो हाम्रो सोच हो, हामी आउने पिढि आउने पुस्तालाइ लाइ यही सिकाउदै छौ ! भोली उनिहरुले पनि यसै गर्नेछ्न यस्ले न् हाम्रो ब्यक्तीगत प्रगती हुनेछ, न् हाम्रो देस परिबर्तन् हुन्छ, न् हाम्रो सोच परिबर्तन् हुन्छ न बिकास नै हुन्छ, सस्ता अराजक मिडिया कसैलाई रातारात हिरो बनाउने बिज्ञापन गरिदिन्छ्न हामी चाँही भगवान् बनाइदिन्छौ, सोच हामीले बद्ल्ने हो, कम्तिमा केही समय उस्को साम्रथ्यले भ्याय सम्म काम गर्न दिने बानी बसाल्न सिकौ,

कुनै समय हाम्रो देसमा डा बाबुराम हिरो थिय आज उनि दैत्य हुन हाम्रो नजरमा, हामीले उन्का नराम्रा कुरा खोज्यौ राम्रो वास्ता गरेनौ, गगन थापा, जनार्दन शर्मा गोकर्ण बिष्ट अनी आज एक छत्र् (केपी वली) हामीले हिरो र् जिरो बनाउन समय खर्च गर्दै छौ आफ्नो उदेस्य आफ्नो परिवार बिर्सेंर तर हामीले आफैले चाँही के गर्दैछौ, कहिले सोचेनौ, फेसबुक twitter जस्ता सामाजिक सन्जालमा देखिने लेखिने आलोचना भद्धा शब्दले आफुलाइ नेपाली सभ्यताको खिल्ली उडाउदै छौ, देस २७ बर्ष पहिला बनाउछौ भन्ने ति मान्छे अहिले पनि भन्दैछ्न अहिलेको चुनाबमा कतिपय उम्मेद्वार पनि छ्न, त्यसैले अब निमित्त हिरो नखोजौ, आलोचना मात्रै समस्याको समाधान होइन न् त् निमित्त हिरो…… सोच बद्ल्नु पर्‍यो ….लामो समय आलोचनामा खर्च गरियको अनुभब हो मेरो……