सोमबार, बैशाख २१, २०८३

कांग्रेससंगको मोर्चावाट भट्टराई गोरखा २ बाट चुनाव लड्ने

गोरखा,४ कात्तिक । सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई कांग्रेससँगको गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् ।

कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साझा उमेदवार बनाउने निर्णय गरेको कांग्रेस स्रोतले जनाएको छ । नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले क्षेत्र नं. २ मा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बाबुरामले गोरखा २ बाट कांग्रेससँगको तालमेलमा चुनाव लड्ने भएपनि आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो भने आइतबार लाग्ने स्रोतको भनाइ छ ।

गोरखा क्षेत्र नं. १ मा भने कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई टिकट दिएको छ ।

क्षेत्र नम्वर २ मा भट्टराइलाई सघाउने भएपछि क्षेत्र नं. १ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको कांग्रेस स्रोतले बतायो ।