सोमबार, बैशाख २१, २०८३

तिहारमा बहिनीलाई परदेशी दाजूको मार्मिक पत्र

प्यारी बहिनी
तिहार आयो मलाई सम्झी नरोए
चम्किलो मुहार बलिन्द्र ऑशुले नधोए
तिमीलाई कत्ति माया गर्छु
ति तारालाई सोध
बिगतलाई फर्केर हेर
जुन म संग अनिदो रात बिताएका छन
मन्दिर पस्दा तिम्रै खुशिनै मागेको छु।
– [ ] के छ कस्तो छ धेरै भयो कुरा पनि नभएको गॉउको नेट खराब नै छ ।आराम त छौनी हैन र ???तीहारले रमझम होला गॉउघर देउसीरे भटायाउने हरुको लर्को लागेका होलान है ! मखमली र सयपत्रीले ढकमक्क होला पल्लोबारी कि कसो???धेरै भयो तिम्रो हात ले यो निधार न रंगिएको बिबिध कारण यस्तै भैरहेको छ म पनि दुखि छु तिमी पनि दुखी छौ।बर्ष दिनको पर्व यसरी टाढा हुदा मन नरुने र ऑखा नरसाउने कमै होलान दूनियामा कतिपय बेला आफूले आफैलाई सम्हाल्न सक्नुपर्छ त्यो क्षमता हुनुपर्छ मलाई बिश्वास तिमी कमज़ोर बहिनी छैनौ।नयॉ घर नयॉ थर संग नाता जोडेर जॉदैमा जिबनको हिड्ने बाटो र पाटो फेरिदैमा म टाढा भएको छैन बिरानो नसम्झनु है।संसार “आवश्यकता” को नियम अनुसार चल्ने रहेछ त्यहि भएर म केहि समय टाढीएकै हो।दुबो र तेलले छेकेर मखमलीको माला संगै मेरो आयुको कामना गर्ने ओखर फोड्दै आपत बिपत नपरोस भन्ने तिमी नै हौ। यि सबै बाट पर भएपनि हरेक मोडमा मृत्युको मुख हुन्छ भन्छन जे होला लेखेको टर्दैन भन्दैथिन ति मन्जु पनि।पिर लाग्नु स्वभाविक पनि हो। सबै चेलीका दाजुभाई संग रमाउदा पारी हात्तिटार हेरेर टोलाउछ्यौ होला ! हात कमाउदै तस्बिर छुन्छ्यौ होला यसो नगर्नु ल ! लाटी कति बर्ष भए भन त मैले टिका नलगाएको ? साथी संगीका उपहार देखेर पनि मन दुखेको भए भन्न नलजा बिहे गरेर गएपनि चेलीको जात यस्तै हो के जति धनी नै भएपनि माइतीको भए ढुंगाको सिलौटो पनि छाड्दैनन रे सुनेको है !! तलॉई खुशी हुने उपहार आउछ दॉइको पिर नगर न काली!!!
– [ ] उदाश हुन हामी जन्मेकोपनि होइन काली।।
निराश बनाउन खोजेकोपनि छैन काली।।
परिस्थितिले बन्दक बनाएर के’भोत
अर्कों बर्ष संगै रमाइलो गरौलाहै काली!