सोमबार, बैशाख २१, २०८३

वाम गठबन्धनले निरङ्कुशता ल्याउँछ : राज्यमन्त्री शाही

काठमाडैं,३ कात्तिक ।  राप्रपा कि नेता तथा शहरी विकास राज्यमन्त्री  कुन्ती शाहीले वाम गठबन्धनले भविष्यमा मूलकुमा निरङकुशता ल्याउने डर भएको बताएकी छन् ।

दैलेखी सेवा समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै राज्यमन्त्री शाहीले यस्तो बताएकी हुन् ।

राज्यमन्त्री शाहीले एमाले-माओवादी गठबन्धनले देशमा संकट ल्याउनले टिप्पणी गर्दै यो गठबन्धन देशका लागि खतरा भएको तर्क गरिन् ।

सोही कार्यक्रममा राज्यमन्त्री शाहीले माओवादी केन्द्रलाई सरकारमा बस्ने नैतिकता नभएको बताएकी छन् ।

माओवादीले प्रतिपक्षमा रहेको पार्टीसँग गठबन्धन गरिसकेको भन्दै एउटै गठबन्धन कोही सरकारमा बस्ने कोही प्रतिपक्षमा बस्नु राजनैतिक चरित्र नभएको बताइन् ।