शुक्रबार, बैशाख ०७, २०८१

शुभकामना नदिएकोमा माफ गर्नुस एनआरएन

मदन चापागाई,

माफ गर्नुस एनआरएनका नव निर्वाचित कार्यसमितिका पधाधिकारीहरू मैले न तपाईहरू संग खिचेको फोटो राखेर वधाई दिए न नराखि वधाई दिए । हुन त म जस्तो सामान्य मान्छेले वधाई दिनु र नदिनुमा खासै असर पर्दैन तपाईहरूलाई , त्यो पनि मालाई थाहा छ ।

तर मैले वधाई नदिएकोमा खुसि हुने लाखौ युवा जो खाड़िमा तपाईहरूको सहयोगको आशामा वेसाहारा भएर ख़ाली पेट वसीरहेका छन साथै तपाईहरूको सहयोग नपाएर ‘ राजदुतावास र मेन्पावर कम्पनिको लापर्वाहिका कारण आफ्नो शुन्दर भविस्य खोज्न आएको शरिर वाकसमा भर्न वाध्य भएका परिवार र एनआरएनकै अभियान्ताहरूबाट ठगिमा परेका कुकहरू ,अन्यकामदारहरू ,अनि विधार्थीहरू र ठगिमा परेका विदेशिहरू भने खुसी हुनेछन । एनआरएनको अभियान्ता भन्न रूचाउने तपाईहरूको काम धेरै जसो मलाई मन परेको छैन । अहिले तपाईहरूकै चुनावी दौड भई रहेको वेला पनि को र कस्तो व्यति नेतृत्वमा आउने भन्दा पनि को पुलिसको खोरमा को पुग्ने हो भन्न कुराको चासो थियो । जसको ज्वलन्त उदाहरण जापानका एक अभियान्ता अहिले पनि मामा घरमै छन , अमेरीका ,सिंगापुरका तपाईहरू का अभियान्ता का वारे पनि ठुलै ठगिका केस र मानव वेचविखनका कुरावारे समचार पढेर दुख लाग्यो । अनि तपाईहरूको कार्यक्रम व्यवस्थापन र कुटाकुट देखे पछि त झनै ।

अझ तपाईहरूको चुनाव जित्नका लागि गरिएको करडौ खर्चको कुरा नगरौ । त्यो पैसालाई सकरात्मक र सुधारात्मक काममा लगाउने हो भने धेरैराम्रो हुने थियो । हुन त तपाईहरूले केही नेपाली सस्कृती जगेर्ना र परिचय दिने खालका केही काम गर्नु भएको छ साथै केही लगानी पनि ढिला सुस्ती गर्दै गर्नु भएको छ , चन्दा उठाएर राहत बाढ्नु भएको छ यसको आंसिक स्वागत गर्दछु अनि तपाईहरू सफल व्यवसायी पनि भनिएको छ त्यो दैव जानुन नकी पुलिसको फन्दा पर्नु नपरोस कामना गर्छु ।त्यो सबै नेपाली को लागि खुसिको कुरा हो र हुने छ । तपाईहरूको लगनशिलता र सफलताको सम्मान पनि गर्छु जो ईमान्दार भएर सफल हुनु भएको छ । तर अहिले नेपालको राष्ट्रीयता संग जोडिएका विषयमा गम्भिर आँच पुग्ने काम एन आर एनको खोल ओडेर गरिरहेका ठग हरूलाई पनि तपाईहरूले आश्रय दिएको कुरा छर्लंग छ । ठगि र दलाली मैलाएको छ देशको ईज्वत गएको छ हामी सबै नेपाली लज्जित बनेका छौ ।प्रदेशमा तपाईहरूले राम्रो भूमिका खेल्न नसक्नुले हामी हरेक देशका एयरपोर्टमा विभिन्न झमेलामा छौ । अनि तपाईहरू संम्लंन विभिन्न फ़ेस्टिवल , पार्टि , सेमीनार आदिमा भएका हुल हुज्वत र झगडाले हामी दिने पिच्छे चेकिंगमा पर्छौ । त्यसैले

म त्यति वेला तपाईहरूलाई बधाई दिन्छु जति वेला तपाईहरूले उठाएका चुनावीनारा “नयायुगको सुरूवातत”भन्ने कुराले सार्थकतापाउछ । एन आर एन को पहलमा हरेक दुखपाएका नेपाली ले राहत पाउने छन खाड़िको गर्मीमा अफ्ठेरो मा परेका काम्दारले राहत पाउने छन , ठग दलाल लाई कार्वाहि गर्न सरकार लाई सहयोग गर्नु हुनेछ , नेपाली र नेपालको पहिचानको लागि कदम चाल्नु हुनेछ । नेपालमा लगानी र प्रविधि भित्र्याई समयमै काम सक्नु हुनेछ । अधिकांस नेपाली को मनमा बस्न सक्ने हुने छ त्यति वेला म वधाई दिनेछु ।

त्यसैले साच्चिकै सबैलाई चकित हुने काम गर्नुस जुन कुरा नेपालको सरकारले पनि तपाईहरूको काम बाट देश विकास गर्ने तरिकाको पाठ सिकोस ।