काठमाडौँ,३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष निर्वाचित भवन भट्ट सफल नेपाली उद्यमी हुन ।
भट्टले एनआरएनए जापान एनसिसी तदर्थ समिति सदस्य, जापान एनसिसी अध्यक्ष हुँदै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का एक पटक कोषाध्यक्ष र दुईपटक उपाध्यक्ष भइसकेका थिए ।
गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय रहँदै आएका थिए । २० वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापान आएका भट्ट अध्ययन सकेर जापानवाटै ब्यवसायमा हात हालेका थिए ।
विशेषगरि जापानमा कर्मथलो बनाएर नेपालदेखि युरोप लगाएतका देशहरुमा रेष्टुराँ, रिसोर्ट र होटलमा लगानी गर्दै आएक भट्टले नेपालमा होटल, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका छन् ।
उनले अहिले ‘नयाँ युगको सुरुवात स् सबैको हात एकै साथ’ भन्ने नाराका साथ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा निर्वाचित हुन् ।

