सोमबार, बैशाख २१, २०८३

एनआरएनए आईसीसी अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौँ,३१ असोज । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा भबन भट्ट निर्वाचित हुनुभएको छ ।

केहि बेर अघि सम्पन्न मतगनना बाट निकटतम प्रतिस्पर्धी जमुना गुरुङलाई पराजित गर्दै भट्ट बिजयी बन्नुभएको हो । यस अघि दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट एनआरएनको काठमाडौंमा सम्पन्न आठौं महाधिबेसन मार्फत २ बर्षका लागी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै दुई खुल्ला उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य बिजयी हुनुभएको छ भने महिला उपाध्यक्षमा सफोला राजभण्डारी निर्बाचित हुनुभएको छ ।

महासचिवमा डा. बद्रि के सी र कोषाध्यक्षमा हिक्मत थापा दोहोरिनुभएको छ ।

यसैबीच सबैभन्दा बढि प्रतिनिधी भएको अमेरीकाबाट सहमती गरेर उम्मेद्वारी नदिंदा फेरी पनि अमेरीका नेतृत्वदायी पद पाउन बाट चिप्लीएको छ ।

अमेरीकाबाट सोनाम लामा र खगेन्द्र जिसी उपाध्यक्षमा बलिया प्रतिस्पर्धीको रुपमा हेरिएपनि मिलेर एकल उम्मेद्वारी नदिंदा युरोपका कुल आचार्य उपाध्यक्षमा निर्बाचित भएका छन् ।