मकवानपुर,२९ असोज । पूर्वसांसद तथा माओवादी केन्द्र नेता शेरबहादुर पहरी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक तर्फबाट सिफारिस भएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनबाट समानुपातिक रुपमा संविधानसभामा समेत पुगेका शेरबहादुर प्रष्ट र सालिन नेताको रुपमा चिनिन्छ । उनी पहरी जातिको साझा संस्था नेपाल पहरी विकास संघ केन्द्रको सल्लाहकार समेत हुन । तत्कालिन एमाओवादीका नेता रहेका पहरी डा। बाबुराम भट्टराईले नयाँ शक्ति घोषणा गरेपछि सोही पार्टीमा आवद्ध भएका थिए भने स्थानीय तहको निर्वाचनताका फेरि माओवादी केन्द्रमै फर्किएका थिए ।
एमाओवादीमा लामो समय राजनीति गरेका पहरी संकटकालमा तारामान नामले परिचित थिए । मकवानपुरको राईगाउमा सामान्य परिवारमा हुर्केका उनी कम्यूम्निष्ट पृष्टभूभिका परिवारवाट हुर्केर सर्वहारा जनताको पक्षमा लड्नयुद्धमा होमिएका थिए ।
