शनिबार, बैशाख ०८, २०८१

चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा समाहित

काठमाडौं,२९ असोज । चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल शनिवार एमालेमा समाहित भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुरे भावरलाई एमालेमा बिलय गराउनुभएको हो ।
बद्री न्यौपाने नेतृत्वको चुरे भावरले राष्ट्रिय एकता, सार्बभौमिकता र स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको छ । एमालेले लिएको राष्ट्रियताको अडान, नेपाललाई आत्मानिर्भर बनाउने नीति, बिकास र समृद्धिको मार्गचित्रका कारण आफ्नो सिंगो पार्टी एमालेमा समाहित भएको न्यौपानेले बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टी एकताले शक्ति निर्माण गर्ने भन्दै बिचार मिल्ने, नीति र सिद्धान्त मिल्ने दलहरुका बीचमा भएको तालमेल र एकताबाट नआत्तिलन कांग्रेस लगायतका दलमा आग्रह गर्नुभयो ।