शुक्रबार, बैशाख ०७, २०८१

निर्वाचन आचारसंहिता विपरित राप्रपावाट मन्त्री नियुक्त गर्दै

काठमाडौं,२८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

देउवाले राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरू सबैको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ गराउने तयारी भइरहेको छ ।

यद्यपी राष्ट्रपति विद्या भण्डारी भने निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिने तयारीमा छिन् ।

 राप्रपाका मन्त्रीहरु थपिए देउवा नेतृत्वको मन्त्रिमण्डल ६४ सदस्यीय हुनेछ । यो नेपालको हालसम्मकै जम्वो मन्त्रिमण्डल हो । हाल देउवा नेतृत्वको मन्त्रिपरिषद ५६ सदस्यीय छ ।