रामेछाप गेलुमा एक दिवशिय स्वास्थ्य शिविर सम्पन

रामेछाप,२५ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिवशिय स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ५ सय जनाको स्वास्थ्य परिक्षण भएको थियो ।

बुधवार गेलूमा कालिन्चोक फाउण्डेशन नेपालले संचालन गरेको स्वास्थ्य शिविरमा गेलु , फुलासी , चनखु लगाएतका ठाउँबाट आएका ५ सय सर्वसाधारणले स्वास्थ्य सुविधा लिएका छन् ।

पशुपति आधारभुत विद्यालय भुलभुलेमा संचालन भएको स्वास्थ्य शिविरमा नाक , कान , घाँटी , आखाँ , दात र स्त्रीरोग सम्बन्धी परिक्षण गरि औषधि समेत बितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा तामाकोशी सहकारी अस्पताल मन्थली , विपि स्मृति अस्पताल काठमाडौँ, मार्क फर्मुलेशन प्रा।लि काठमाडौँ, वाइएसपि नेपाल रामेछाप र लाइन्स क्लब काठमाण्डौ लगाएतका सामाजिक संस्थाहरुले शिविरमा सहयोग गरेको कालिन्चोक फाउण्डेशनका अध्यक्ष दिनेश कुमार खड्काले जानकारी दिए ।

शिविरमा विपि स्मृति अस्पताल काठमाडौँका डा रजनी बानिया , डा कृति अधिकारी सुवेदी ,तामाकोशी सहकारी अस्पताल रामेछापका डा सुमन कर्माचार्य, विरेन्द्र सैनिक अस्पताल छाउनीका स्त्रीरोग विषेसज्ञ डा कोपिला राई , जर्मन दन्त विज्ञ जोन एडर्सनले स्वास्थ्य परिक्षण गरेका थिए ।
उक्त शिविरवाट सर्वसाधरणले गाउँमै बसेर निशुल्क सेवा लिएकोमा आयोजक सस्थालाई गाउँलेले धन्यावाद दिदै आगामी दिनमा पनि यस्तो शिविरको अपेक्षा गरेको कालिन्चोक फाउण्डेशनका संजिव खत्रीले जानकारी दिनुभयो । kalinchok

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: