राजनीतिक बह्स हुन्छ बिकास बारे बह्स हुँदैन

जगदिस थापा ,बहुसन्ख्यक नेपाली हामिलाइ मार्क्स लेलिन माओ र् गान्धीबाद् कन्ठ् छ्, चे ग्वभारा, क्यास्ट्रो देखी हाम्रै देसका बिपी र् पुष्पलाल मदन् भण्डारी केपी वली र् पुष्पकमलहरुका बारे रातदिन हामी बह्स गर्छौ उनिहरुका गुण गान गाउछौ, रातदिन बिधुतिय छापा अनलाईन मिडियामा रातदिन दिन राजनीति बह्स हुन्छ, गयको २७ बर्षमा जुन प्रजातन्त्र पछीको अमुल्य समय राजनीतिक खिचातानी सरकार फेरबदल् राजनीतिक युद्ध् जस्ता कुरा बाट हाम्रो राज्य पीडित भयो !

लाखौं नेपाली कामको खोजिमा बिस्वका बिभिन्न मुलुकमा पसिना चुहाउन वाध्य छ्न ! गणतन्त्र पछीको १२, १३ बर्ष त्यसै बिते मात्रै राजनीतिक बहस सत्ता परिबर्तन् संबिधान निर्माण लाइ ठुलो उपलब्धी मान्यौ, तर त्यस्को लागि भयको खर्चको हिसाब कती होला ? खर्बौ सम्पत्ति त्यतिकै गयो नेपाली जनताले यो उपलब्धी बाट के हासिल गरे ? राजनीतिक दलका नेत्रित्व २०४६ सालमा स्थापित हुनेहरु हामिलाइ उही बिकास सुसान सम्रिद्ध अधिकारका नाराले, भुलाउदै छ्न तर बिकास भयको जग जाहेर छ्, अती कम बिकसित् देस भ्रस्टचारले डुबायको, कुशासन बाट पीडित हामी नेपाली जन्मदा हाम्रो हरियो पास्पोर्टले स्वागत गर्छ र् हामी जन्मनु बिदेसी श्रमको लागि युबा लाइ तयार गर्दैछौ, जस्तो ब्राजिल बिस्व् भर फुटबल खेलाडी निर्यात गर्छ उसै गरी हाम्रा युबा पुरा बैसक हुन नपाउदै कुनै सिप बिना तल्लो दर्जाका कामदार खपत गरेर राज्य मस्त छ्,

बिकास कसरी हुन सक्छ कसरी युबालाई स्वरोजगार उपलब्ध गराउन सकिन्छ, के उत्पादन गर्न सकिन्छ, कृषि लाई कसरी आधुनिक बनाउने, हामीले के निर्यात गर्न सक्छौ, हाम्रो देसको आर्थिक उन्नतिको मुख्य श्रोत् के हो, बिस्व् बजारमा हामीले उत्पादन गरेका बस्तु कसरी निर्यात गर्ने, बिदेस बाट आयत हुने बस्तु स्वदेसमा उत्पादन गर्न के गर्ने, पर्यटन् पूर्वधार बिकास, जस्ता कुरा बह्स हुनुपर्ने हो, तत्काल उत्पादन हुन सक्ने आत्मनिर्भर हुन सक्ने कृषि नै, मुख्य श्रोत् हो जस बाट राज्यले तत्काल लाभ लिन सक्छ, बैदिसिक रोजगारी बाट मुक्ती पाउछ, यस्ता बिषयमा युबा पुस्ताले बह्स गरौ, लगानिका माध्यम खोजौ, सामुहिक लगानी लाई प्राथमिकता दिने पहल गरौ, बिकसित् देसमा कृषि पेसा गरेर फर्किनु भयका र् कृषि काममा संलग्न हुने नेपाली दाजुभाइ समुह बनाउ, नेपाल उर्बर भुमी हो हामीले बिदेस निर्यात गर्नु पर्दैन आन्तरिक माग ठुलो छ्, उदाहरणको लागि गयको दशैमा अर्बौ रुपयाको खसी च्यांग्रा जस्ता मासुजन्य पदार्थ तिब्बत् भारत बाट आयत भयो, सामाजिक सन्जाल बिधुतिय छापामा ठुला ठुला देस बदल्ने सम्रिद्ध बन्ने कुरा लाई महत्व दिनु भन्दा हामी आफैले के गर्न सक्छौ छलफल गर्ने बानी बसालौ… जय होस्

फेसबुकबाट तपाइको प्रतिक्रिया