कोरिया,२४ असोज । नेकपा एमालेको प्रबास कमिटी प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाको आज ( अक्टोबर ८) मा सम्पन्न छैठौ अधिबेसनले सर्बसम्मत रुपमा पर्शुराम सापकोटाको नेतृत्वमा २६ सदस्यिय कमिटी चयन गरेको छ । नब निर्बाचित कमिटिलाइ अधिबेसनको प्रमुख अतिथी नेकपा एमाले पोलिट ब्युरो सदस्य एबम नेत्री बिन्दा पान्डेले पद तथा गोपनियताको सपथ खुवाएकि थिइन ।
उक्त कमिटिमा क्रमस उपाध्यक्षहरु लाल बहादुर साउद , टेक पुन र टिकाराम उपाध्याय रहेका छन भने महासचिब मा श्रमदिप चौलागाइ चयन भएका छन । सचिबमा क्रमस दिपेन्द्र अधिकारी र हरि सन्कर भन्डारी छन भने कोषाध्यक्षमा नेत्र चौधरी , सह कोषाध्यक्षमा दुर्जहाङ लिम्बू रहेका छन छन।
त्यसै गरि सदस्यहरुमा किसोर ब्लोन ,सङ्गे सेर्पा , पदम बहादुर राई , सन्तोष सिग्देल , प्रेम बि. क. मदन कृष्ण श्रेस्ठ , तेज नाथ तिमिल्सिना , ठगेन्द्र न्यौपाने , दिपेस सिलवाल , नारायण चौलागाइ , आनन्द अधिकारी , सुलभ पोखरेल , गुन बहादुर राना , राजेन्द्र कुमार अधिकारी , बिस्णु बन्जाडे , बिनोद खनाल र हेमराज पोखरेल रहेका छन ।
ललितपुर जिल्लाको गोटिखेलमा स्थायी घर भै हाल कोरियामा प्रबासी मजदुरको रुपमा २०१३/१४ मा कोरिया आएका उनी ओएन एफ को चौथो कमिटिमा कोषाध्यक्ष थिए । पाचौ कमिटिमा पनि उनी सचिबालय सदस्य थिए । कहिले पनि पद र प्रतिस्ठाको लागि अघि नसर्ने उन्लाइ छैठौ अधिबेसनमा अध्यक्ष बन्नका लागि नया र पुराना ओएनएफ सदस्यको व्यापक दबाब आएको बुझिएको छ ।
बिध्यार्थी छदै अखिल बाट राजनितिक जीवन सुरु गरेका सापकोटा सङ्ग पाटन क्याम्पस , ललितपुरको गोटिखेल गाउँ कमिटी र सिक्षक सङ्गठनमा काम गरेको लामो साङ्गठानिक अनुभव रहेको बताइएको छ । प्रबासी मन्चमा “सापकोटा सर ” भनेर चिनिने उन्लाइ बौद्दिक , बैचारिक र साङगठनिक नेताको रुपमा हेरिने गरिएको छ । एमाले कोरियामा बिगत केही समय देखि सर्बसम्मत र प्रभाबकारि नेतृत्वको खोजी भै राखेको थियो ।
