सोमबार, बैशाख २१, २०८३

पूर्व डिआइजी नवराज सिलवाल ललितपुरबाट चुनाव लड्ने

ललितपुर,२३ असोज । पूर्व डीआइजी नवराज सिलवाललाई प्रतिनिधिसभाको लागि क्षेत्र न.१ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन् ।

आसन्न मंसिर २१ मा हुने निर्वाचनका लागि पार्टी स्थायी कमिटिको निर्देशनअनुसार शनिवार जिल्ला कमिटि वैठक बसी उम्मेदवार सिफारिस गरेको हो ।

वैठकले निर्वाचन क्षेत्र नं १ मा क्षेत्र तथा प्रदेश एवम् शाखा कमिटिहरुको मागका आधारमा भर्खरै पार्टी प्रवेश गरेका सिलवाललाई उम्मेदवारको लागि सिफारिस गरिएको हो । सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ । गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटि ललितपुरले प्रदेश तथा प्रतिनिधि सभाका लागि सम्भावित उम्मेदवारको सूची तयार पारेको हो ।