सोमबार, बैशाख २१, २०८३

खड्कालाई काममा फर्काउन सर्वोच्च अदालतको आदेश

काठमाडौं,२२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई काममा फर्काउन आदेश दिएको छ। सरकारले बर्खास्त गरेका उनलाई सर्वोच्चका न्यायाधीशहरु पुरुषोत्तम भण्डारीको एक्कल इजासले आइतबार अन्तरिम आदेश जारी गर्दै काममा फर्किन आदेश दिएको हो।
सरकारले गरेको बर्खास्तगी न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो। सर्वोच्चले अर्को आदेश जारी नगरेसम्मका लागि उनी पदमा बहाल रहनेछन्।

रिटको अन्तिम टुंगो नलागेसम्म खड्कालाई काममा फर्कने गरि अन्तरिम आदेश दिइएको हो ।