बिहिबार, बैशाख ०६, २०८१

ममाथि राजनीति भएर एमालेको राजनीति होमिए : सिलवाल

काठमाडौं,२० असोज । पुर्व डीआईजी नवराज सिलवाल शुक्रवार केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका छन् ।

प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले ।

उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।

पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।

ममाथि राजनीति भयो, त्यसैले राजनीतिमा आएँ पार्टी प्रवेशपछि बोल्ने समय पाएका सिलवालको भाषण कस्तो होला भन्ने सबैको कौतुहलता थियो । धेरैलाई आश्चर्यमा पार्दै प्रहरी अफिसर सिलवालले विश्व कम्युनिस्ट आन्दोलनका नेता रुसी क्रान्तिका नायक भी आई लेनिनको उद्दरणबाट आफ्नो भाषण शुरु गरे ।

लेनिनको उक्तिलाई अंग्रेजीमा सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ भनेर महान लेनिनले भन्नुभएको थियो । वास्तवमा म राजनीतिबाट पीडित भएको सिपाही हुँ । मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसको लागि उपयुक्त ठाउँ एमाले रहेकोले एमाले रहेको बताएका छन् ।