सोमबार, बैशाख २१, २०८३

संघीय फोरम कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा नजाने

काठमाडौं,२० असोज । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।

पार्टीको उक्त औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको वरिष्ठ उपाध्यक्ष अशोककुमार राईले बताए ।