सोमबार, बैशाख २१, २०८३

कांग्रेसको नेतृत्वमा ६ दलको लोकतान्त्रिक गठबन्धन बन्ने,सरकार परिवर्तन हुन सक्ने

काठमाडौं,१९ असोज । नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । यसको गृहकार्य गर्न कार्यदल बनेको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेको भोलिपल्ट कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउन पहल गर्ने निर्णय लिएको थियो ।

लगतै बालुवाटारमा ६ दलको बैठक बस्यो, जसमा चुनावी गठबन्धन बनाउने सहमति जुटेको छ । ‘सिटको बाँडफाँड कसरी गर्ने भनेर सात सदस्यीय कार्यदल बनेको जनाएको छ ।
कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले यो गठबन्धनसँग बहुमत भएकाले सरकार बनाउन सक्ने बताए । साथै उनले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै समयमा हुने बताए ।