सोमबार, बैशाख २१, २०८३

भन्सार छली गरी भित्र्याइएको कपडा बरामद

काठमाडौँ, १८ असोज।  प्रहरीको टोलीले भन्सार छली गरी भित्र्याइएको रु १० लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा मंगलबार बरामद गरेको छ ।

सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट यी सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट कपडालगायत रहेको छ ।

बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।