शनिबार, जेठ ०४, २०८२

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति

काठमाडौँ, १७ असोज।  दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ ।

ललितपुरमा आज दुई दलका शीर्ष नेतासहितको वार्तामा तालमेल गरी निर्वाचनमा जाने र पार्टी एकताका लागि संयुक्त संयोजन समिति बनाउने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

सो सहमतिबारे दुई दलले आजै अपराह्न ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी सहमतिपत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि दुवै दलले वार्ता र संयोजनका लागि शीर्ष नेता रहेको टोलीलाई जिम्मा दिएको थियो ।