शनिबार, बैशाख ०८, २०८१

भागवतबाट रु १८ लाख संकलित

चाँगुनारायण नगरपालिका नगरकोटस्थित जालपादेवी मन्दिर परिसरमा चौँसठ्ठी ज्योर्तिलिङ्ग निर्माण गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु १८ लाख संकलन भएको छ ।

संकलित रकमबाट मन्दिर परिसरमा विभिन्न देवीको मूर्ति निर्माण तथा मन्दिरको अन्य भौतिक संरचना मर्मत पनि गरिने जालपादेवी रामायण भजन संगितकला कुञ्जका अध्यक्ष हरिराम बजगाईंले जानकारी दिनुभयो ।

धार्मिक संरचना निर्माणका लागि रु ३५ लाख खर्च हुने बताइएको छ । निर्माणका लागि नपुग रकम नगरपालिका र स्थानीयवासीबाट जुटाइने छ । यही असोज ५ गतेदेखि शुरु भएर असोज १२ गते सम्पन्न महायज्ञमा कथा वाचन बालव्यासाचार्य पं रामहरि अधिकारीले गर्नुभएको थियो ।रासस