शुक्रबार, जेठ ०३, २०८२

एमाले र माओवादी केन्द्रविच चुनावी तालमेल वारे छलफल तिव्र

काठमाडौं,१७ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले ) र सरकारको नेतृत्वको मुख्य भूमिका खेलिरहेको नेकपा माओवादी केन्द्र लगायतका दलहरुविच चुनावी तालमेल हुने तयारी वारे छलफल तिव्र बनाएका छन् ।

दुई दिनअघि नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालले ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलाई दिइएको छ ।

सो समितिलाई मुलुकको आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ ।

नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो ।

बाम एकतासहित तालमेलका लागि बिगत केही दिनदेखि एमाले र माओवादी नेताहरुवीच अनौपचारिक छलफल भइरहेको एमाले सचिब पृथ्वी सुब्बा गुरुङ्ले बताउनु भयो । ती छलफललाई औपचारिक सार्थक बनाउन आज मंगलबार प्रचण्ड नेतृत्वको समिति र एमाले निर्णायक नेताहरुवीच छलफलको तयारी भइरहेको गुरुङ्ले जानकारी दिनुभयो ।