शुक्रबार, जेठ ०३, २०८२

भालुको आक्रमणबाट घाइते

चितवन, १६ असोज ।चितवन राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट माडी नगरपालिका वडा नं ६ निवासी २४ वर्षीया सिर्जना विक घाइते हुनुभएको छ ।

माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ आउँदै गर्नुभएकी विकलाई निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गर्दा मोटरसाइकल पल्टिएपछि उहाँलाई भालुले पुनःआक्रमण गरेको थियो । मोटरसाइकल चालक उहाँका श्रीमान् सागर भने भाग्न सफल हुनुभएको छ । घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस