सोमबार, बैशाख २१, २०८३

झापामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु,सात सिकिस्त

झापा,१५ असोज । झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ । अन्य सात जना सिकिस्त छन् ।

मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् । बिरामी परेका अन्यलाई आइतबार दिउँसो कन्काई नगरका मेयर राजेन्द्र पोखरेलसहितको टोलीले भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्‍याएको छ ।

मेयर पोखरेलका अनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरेको छ । दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् ।

सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्छ, टेक्राको मुसहर बस्ती । रोगका कारण नारायणको पाँच्ा दिनअघि तथा वसन्तीको गएराति ज्यान गएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यसबारे जानकारी नभएको बताए ।