सोमबार, बैशाख २१, २०८३

धनुषाको लक्ष्मीनियामा सवारी दुर्घटनमा दुई जनाको मृत्यु

काठमाडौं,१४ असोज । धनुषाको लक्ष्मीनियामा सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जनकपुरबाट ढल्केबर तर्फ जादै गरेको ज ४ प ४४६२ नम्बरको मोटर साइकल र जनकपुर तर्फ आउदै गरेको पिकअप भ्यान एकआपसमा ठोकिंदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए ।

दुघर्टनामा मोटर साइकलमा सवार धनुषा हंसपुर–३ का ३४ वर्षीय शिवकुमार चौधरी र मोटर साइकल पछाडी सवार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए । मृतक महिलाको पहिचान हुन सकेको छैन ।

ठक्कर दिने पिकअप भ्यानका चालक सत्यनरायण राउतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राउत मदिरा सेवन गरी पिकअप भ्यान चलाएका थिए । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।