शनिबार, जेठ ०४, २०८२

राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका लगाइदिँदै

काठमाडौं,१४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति भण्डारीले शितल निवासमा आज दिउँसो २ बजेदेखि दशैंको टीका लगाइदिने कार्यक्रम छ ।

उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको छ ।

तीन बजे पछिको समय भने सर्वसाधारणलाई टीका लगाइदिनका लागि छुट्याइएको छ । टीकाको दिन शीतलनिवासको एक नम्बर गेट खुल्ला रहने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।