सोमबार, बैशाख २१, २०८३

एनआरएनएको आसन्न विश्व सम्मेलनमा भाग लिन भट्ट नेपाल प्रस्थान

टोकियो,१२ असोज । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको आठौँ ग्लोवल सम्मेलनमा भाग लिन आईसिसि उपाध्यक्ष भवन भट्ट नेपाल प्रस्थान गरेका छन् ।

बुधबार भट्ट जापानको हानेदा विमानस्थानवाट नेपाल प्रस्थान गरेका हुन । जापानबासी नेपालीहरुको प्रतिष्ठा, इज्जत , गौरब र सानका प्रतिक भट्टलाई आसन्न विश्व सम्मेलनवाट अध्यक्षमा बिजयीको शुभकामनासहित जापानबाट बिदाइ गरिएको हो ।

बिदाई तथा शुभकामनाका लागि गैरआवासीय नेपाली संघ जापानका नव निर्वाचित अध्यक्ष, टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी,उपाध्यक्ष सरोज खत्री,सचिव जनक बिक्रम शाही,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारी,उपाध्यक्ष सिदार्थ श्रेष्ठ,उपमहासचिव राजेन्द्र श्रेष्ठ,सचिवालय सदस्य पर्शुराम बस्नेत तथा केन्द्रिय सदस्य प्रल्हादसिँह महत,जनसम्पर्क समिति जापानका उपसभापती,पुष्करजंग थापा,योकोहामा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटा,ओनो जापानका अध्यक्ष चन्द्र उपाध्याय , युवा ब्यवसाय राजीव श्रेष्ठ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य शुभचिन्तकहरु हानेदा विमानस्थल पुगेर विदाई गरेका थिए ।

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी भट्टले आगामी अक्टोबर १४-१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय विश्व सम्मेलनमा यस अघि नै काठमाडौंवाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरि सकेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको आठौँ ग्लोवल सम्मेलनको अध्यक्ष पदमा भट्ट चर्चित र वलिया उम्मेदवारीको रुपमा हेरिएकको छ ।  bhawan