शुक्रबार, जेठ ०३, २०८२

एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा टीबी कार्कीको उम्मेदवारी

काठमाडौँ,११ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०१७-०१९)का लागि अध्यक्षमा टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले संघको उपाध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सन् २००६ मा एनआरएनए-एनसीसी कतारको कार्यसमिति सदस्य बनेका थिए । सन् २००७ देखि ००९ मा आईसीसी सदस्य र पाँचौं विश्व सम्मेलन (२०११-२०१३)बाट सचिव निर्वाचित भएका थिए ।

यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएको विश्व सम्मेलन १४-१७ अक्टोबरमा काठमाडौंमा हुँदैछ ।