मङ्गलबार, बैशाख २२, २०८३

मुस्लिम समुदायद्वारा प्रदर्शन

इनरुवा, १० असोज । सुनसरी सदरमुकाम इनरुवामा सोमबार मुस्लिम समाजले विरोध प्रदर्शन गरेको छ ।

रोहिंग्या मुसलमानमाथि भइरहेको नरसंहारको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनका लागि विरोध प्रदर्शन गरेको हो ।

इनरुवामा ¥याली प्रदर्शन गर्दै प्रशासन कार्यालय पुगेका मुस्लिम अगुवाले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्रसमेत पठाएको छ ।

उनीहरुले म्यानमारको दूतावासमा विरोध दर्शाउनका लागि कूटनीतिक दबाबसहित संयुक्त राष्ट्र संघमा आवाज उठाउन नेपाल सरकारसँग माग गरेका छन् ।

रोहिंग्यामाथिको अत्याचारले मानव अधिकारको घोर उल्लंघन गरेकाले कूटनीतिक दबाबका लागि सुनसरीका मुस्लिमहरु संगठित भई विरोधमा उत्रिएको मुस्लिम समाजका अगुवा नइम अन्सारीले बताउनुभएको छ ।