बुधबार, बैशाख १२, २०८१

गाँजासहित तीन पक्राउ

उर्लाबारी, मोरङ ९ असोज । मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले आज १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय रामेश्वर राजवंशी र ४५ वर्षीय राजु मुखिया पक्राउ परेका हुन् । प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गाँजासहित पक्राउ गर्न सकेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।
पूर्वका विभिन्न स्थानबाट गाँजा ल्याउने धन्दामा संलग्न रहेको रामेश्वरले ल्याएको गाँजा बिक्रीका लागि आफ्नो बुवा कवजलाई दिने गरिएको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो ।

छोराले ल्याएको गाँजा छिमेकी राजु पासवानसँग मिलेर कवजले बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले गाँजा ओसार–पसारका लागि प्रयोग गर्ने गरेको को३प ३२८० नंको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ ।