बिहिबार, बैशाख ०६, २०८१

लागु औषध चरेशसहित एक पकाउ

बझाङ, ७ असोज । बझाङको बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नं. को जिपबाट प्रहरीले आज एक केजी पचास ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।

जिप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट, बिजगडाको प्रहरी टोलीले चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

चरेशसहित कैलाली जिल्ला चुरे गाउँपालिका–१ का जिप चालक संगम आचार्यलाई पनि नियन्त्रणमा लिइएको छ ।