तनहुँ, ७ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपी कोइरालाको योगदानका कारण मुलुक सार्वभौमसत्ता सम्पन्न बन्न सकेको बताउनुभएको छ ।
नेपाल दलित संघ, व्यास–१ नं वडा कार्यसमितिको आयोजनामा शनिबार बिहान विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले राष्ट्रिय राजनीतिक चेतनाले देश एकीकरण गर्ने नेकाका संस्थापक नेता महामानव विपी कोइरालाकै योगदानले देश अहिलेको अवस्थामा अघि बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेका केन्द्रीय सदस्य गोविन्द भट्टराईले वरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको भावी प्रधानमन्त्रीको रुपमा अघि बढाएर लैजान नेका तनहुँले प्रदेश र संघीय निर्वाचनमा लड्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री अमरराज कैनी, जिल्ला सचिव विश्व बास्तोलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
