शुक्रबार, बैशाख ०७, २०८१

निर्वाचनपछि मुलुक र जनताको जीत

काठमाडौँ, ७ असोज । पूर्वराज्यमन्त्री दीपक खड्काले स्थानीय निर्वाचन सम्पन्न भएपछि मुलुक, जनता तथा संघीय गणतन्त्र व्यवस्थाले जितेको बताउनुभएको छ ।

शिखर नेपालको १४ औँ वार्षिकोत्सवका अवसरमा शिखर सम्मान २०७४ प्रदान गर्दै खड्काले केन्द्र र प्रदेशको निर्वाचनपछि देशमा समृद्धिको ढोका खोल्ने बताउनुभयो । कार्यक्रममा राजनीति, समाजसेवा, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तिलाई शिखर सम्मान प्रदान गरिएको थियो ।