काठमाडौ,७ असोज । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १ सय ३६ स्थानीय तहमध्ये विहानसम्म ९० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ।
अब ४६ स्थानको मात्र मत परिणाम आउन बाँकी छ। हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा संघीय समाजवादी फोरम रहेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र छ ।
त्यस्तै राजपा चौथो स्थानमा छ भने नेकपा एमालेको पाँचौं स्थानमा छ। कांग्रेसले यो समाचार तयार पार्दासम्म २९ ठाउँमा जित हाँसिल गरेको छ । दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम १६ स्थानमा बिजयी भएको छ ।
त्यस्तै तेस्रो स्थानको माओवादी केन्द्र १४ स्थानीय तहमा बिजयी भएको छ । राजपा १३ र एमाले ९ स्थानमा बिजयी भएको छ । फोरम लोकतान्त्रिक भने ३ स्थानमा बिजयी भएको छ ।
