काठमाडौँ, ६ असोज। संविधान दिवसको अवसरमा संयुक्त राष्ट्र संघको नेपालका लागि स्थानीय नियोगका राजदूत दीपक धितालले बिहीबार साँझ जेनेभामा स्वागत समारोह आयोजना गर्नुभएको छ ।
समारोहमा राजदूत धितालले नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणालीअनुरुप जनताको न्यायिक तथा स्वतन्त्र आधिकारलाई स्थापित गरेको बताउनुभयो । समारोहमा विभिन्न आवासीय मिसनका प्रतिनिधि, राष्ट्र संघका उच्च अधिकारी तथा जेनेभामा रहेका अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि विज्ञलगायतको सहभागिता रहेको जेनेभास्थित नेपालका लागि स्थानीय नियोगले विज्ञप्तिमार्फत जनाएको छ ।
