पोखरा, ६ असोज । जगदम्बा प्रालि पोखराले आजदेखि पोखरा–काठमाडाँै रुटमा अत्याधुनिक सुपर डिलक्स बस सेवा शुरु गरेको छ ।
नयाँ बस आजबाट पोखरादेखि काठमाडौंँ र शनिबार काठमाडौंदेखि पोखराका लागि नयाँ बस छुट्नेछ ।
प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेवल रहने ती दुई बस खरिदका लागि रु चार करोड लगानी गरिएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एक्काइस सिट क्षमता रहेका ती बसको एकतर्फी भाडा रु दुई हजार दुई सय कायम गरिएको छ । बसभित्रै आराम गर्ने कोठा र मिनी बारको सुविधा समेत रहनेछ ।
