शनिबार, बैशाख ०८, २०८१

बसको ठक्करबाट मृत्यु

दाङ, ६ असोज ।  तुलसीपुर–घोराही सडकखण्डमा आज बसको ठक्करबाट घोराही डोक्रेना चोक निवासी ८१ वर्षीया नरमाया रेग्मीको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट पोखराका लागि छुटेको ना४ख ७२४३ नंको बसले घोराही उपमहानगरपालिका– ११ डोक्रेना चोकमा रेग्मीलाई ठक्कर दिएकामा
गम्भीर घाइते भई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही बसले डोक्रेना चोक नजिकै घोराही– ५ निवासी १५ वर्षीया रञ्जना डाँगी र घोराही– १४ निवासी १४ वर्षीया आकृति रेग्मीलाई पनि ठक्कर दिई घाइते बनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।