शनिबार, बैशाख ०८, २०८१

हडताल नगरिने घोषणा गर्नुपर्ने

वालिङ (स्याङ्जा), ६ असोज । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अब राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

वालिङ नगरपालिका भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनसँगै सबै दल एक ठाउँमा उभिएर देशको विकासका लागि राष्ट्रिय एकताको नारा दिई मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेशमा क्रियाशील दलले पनि संविधानमा आफ्नो अपनत्व महसुस गरी निर्वाचनमा भाग लिनु सकारात्मक रहेको उहाँको भनाइ थियो ।“निर्वाचनका बेला राजनीतिक दलहरू भिन्ना भिन्नै भए पनि राष्ट्रिय एकता र विकासका लागि एकै ठाउँमा उभिनु आवश्यक छ” काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो, “अब आर्थिक, कृषि र औद्योगिक क्रान्ति गर्नुपर्छ, हडताल नगर्ने भनेर घोषणासमेत गर्नुपर्छ ।”