काठमाडौं,६ असोज । रामेछाप काठमाडौं सृजनशील समाज नेपालले रामेछापको मंथली गेलुमा जेष्ठ नागरिकहरुलाई सम्मान एवंम अभिन्नदन कार्यक्रम गर्ने भएको छ ।
जिल्लामा विभिन्न रचनात्र्मक एवंम युवा मुखी जागरण कार्यक्रम गदै आइरहेको समाजले काठमाडौंमा रहेका युवाहरुको आफ्नो गृह जिल्लामा गरेको विभिन्न कार्यक्रमले सकरात्मक सन्देस प्रवाह भएको पनि छ ।
यसै अवसरमा फेरि पनि सृजनशील समाज नेपालले रामेछाप जिल्लाको मन्थली नगरपालिका १२ मा यही असोज ११ गते देखि १३ गते सम्म चल्ने कार्यक्रमको आर्कषक गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई सम्मान एवंम अभिन्नदन कार्यक्रम राखेको र रामेछाप जिल्ला व्यापीरुपमा आफ्नो प्रतिभाको प्रर्दशन राखिएको छ ।
उक्त जेष्ठ नागरिकहरुलाई सम्मान एवंम अभिन्नदन कार्यक्रममा उपस्थिति हुन सम्पूर्ण मानुभावहरुलाई समाजका अध्यक्ष कृष्णहरि बुढाथोकी अपिल गर्नु भएको छ ।
